सुनसरी | मोरङको केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले बजार अनुगमनलाई तीव्रता दिनुभएको छ। यसै क्रममा असार ३ गते केराबारीको मंगलबारे बजार अनुगमन गर्नु भएको हो ।

गाउँपालिका क्षेत्रमा लाग्ने विभिन्न बजार, र बजार क्षेत्रमा विभिन्न स्थानबाट आउने सब्जीहरूको अवस्थाको विषयमा जानकारी लिन अनुगमनको कार्यालाइ तीव्रताका साथ अगाडि बढाइएको  छ । गाउँपालिका उपाध्यक्ष  मगरको नेतृत्वमा गाउँपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय ,व्यवसायीह रू लगाएतको उपस्थिति रहेको कार्यले पालिकावासीलाई स्वस्थ उपभोग्य सामग्री प्रयोग गर्नमा सहयोग पुग्ने स्थानीय बताउँछन्।।

बजारमा विक्री वितरण हुने तरकारी तथा फलफूलमा अत्यधिक विषादी प्रयोग भएको भन्ने जनगुनासोपछि गरिएको परीक्षणमा संकलित नमुनाहरू खाद्य प्रयोगशाला धरान पठाइएको गाउँपालिका उपाध्यक्ष मगरले बताउनुभयो।

गाउँपालिका अन्तर्गतको कृषि तथा सहकारी शाखाको आयोजनामा तथा केन्द्रीय कृषि प्रयोगशाला, धरानस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको समन्वयमा विषादी परीक्षण गरिएको हो। 

उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै केराबारी गाउँपालिकाले अबदेखि धरानस्थित विषादी अवशेष विश्लेषण प्रयोगशालासँगको सहकार्यमा हटिया र तरकारी पसलहरूमा विक्री हुने तरकारी तथा फलफूलको नियमित विषादी परीक्षण गर्ने गाउँपालिका उपाध्यक्ष तथा अनुगमन प्रमुख मनमाया मगरलेबताउनुभयो । परीक्षणमा खान अयोग्य पाइएको अवस्थामा सम्पूर्ण सामग्री संकलन गरी नष्ट गरिने जानकारी समेत दिनुभयो।

यसै सन्दर्भमा पालिकाले व्यापारीहरूलाई विषादी प्रयोग तथा स्रोत उत्पादकको बारेमा जानकारी लिएर मात्र खरिद–विक्री गर्न आग्रह गरेको छ। उपभोक्तालाई पनि आफूले खरिद गर्ने तरकारी तथा फलफूलको स्रोतबारे जानकारी लिन सूचित गरिएको छ।IMG-20250617-WA0003

त्यसैगरी, उत्पादक किसानहरूलाई विषादी प्रयोग गर्दा लेबलमा उल्लेखित मात्रामा तथा प्राविधिक सल्लाहअनुसार मात्र प्रयोग गर्न र विषादी प्रयोगपछि आवश्यक 'वेटिङ पिरियड' पूरा गरेपछि मात्र विक्री वितरण गर्न अपिल गरिएको कृषि तथा सहकारीले  जानएको छ ।IMG-20250617-WA0010

साथै, किसानहरूलाई केराबारी गाउँपालिका अन्तर्गतको प्राङ्गारिक तथा जैविक मल उत्पादन केन्द्रबाट उत्पादित जैविक मल तथा विषादी प्रयोग गर्न पनि अनुरोध गरिएको छ।

गाउँपालिकाले यो अभियानलाई रसायन न्यूनिकरण र उपभोक्ता स्वास्थ्य सुरक्षाको दिशामा एक महत्वपूर्ण कदमको रूपमा लिएको जनाएको छ।