इटहरी। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले वडा नं ४ लिङ्तेपका कृषकहरूलाई उन्नत जातको गाईको बाछी वितरण गरेको छ । गाउँपालिकाले उन्नत जातमा पर्ने होलिस्नि क्रस र जर्सी क्रस गाईको बाछी वितरण गरेको हो । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिका चार लिङ्तेपका कृषकहरूलाई मङ्गलबार गाईको बाछी वितरण गरेको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम ९डम्बर० ले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को गौरवको योजना अन्तर्गत गाईको बाछी वितरण गरिएको हो । गाईको बाछी गाउँपालिका अध्यक्ष हाङगाम र चार नम्बर वडाध्यक्ष बेद प्रसाद हाङगामको उपस्थितिमा छनोट गरिएका कृषकहरूलाई ८ वटा गाईको बाछी वितरण गरिएको छ । यसअघि ८ वटा सोही जातको गाईका बाछीहरू वितरण गरिएको थियो । साथै बाँकी रहेका ९ वटा गाईको बाछी छनौट गरिएका कृषकहरूलाई आगामी शुक्रबार वितरण गरिने चार नम्बर वडाका वडाअध्यक्ष वेद प्रसाद हाङ्गामले जानकारी दिनुभयो ।


