इटहरी | नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा इटहरीको इतिहासमै पहिलोपटक “ARM WRESTLING KING ITAHARI TOURNAMENT - 2082” आयोजना हुने भएको छ।
युवाहरूलाई संगठनमा आबद्ध गर्दै खेलकुदमार्फत अनुशासन, मर्यादा र स्वास्थ्यप्रति प्रेरित गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकहरूले जनाएका छन्।
प्रतियोगिता आगामी दिनहरूमा इटहरीमा भव्य रूपमा सञ्चालन हुने छ, जसमा आर्म रेस्लिङ खेलप्रेमीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।
विजेताले रु. १ लाख, उपविजेताले रु. ४० हजार, र तेस्रो स्थान हासिल गर्नेले रु. २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक प्रतिस्पर्धीहरूले इटहरीका विभिन्न जिम क्लबहरू तथा POT BLACK Snooker and Cafe बाट दर्ता फारम प्राप्त गर्न सक्नेछन्। आयोजकले समयमै फारम भरी सहभागिता जनाउन सबैमा आग्रह गरेको छ।
नेपाल तरुण दलले “शक्तिशाली युवा, समृद्ध इटहरी” भन्ने नारालाई आत्मसात गर्दै युवाहरूको नेतृत्व र ऊर्जा परिचालन गर्ने प्रयासस्वरूप यो प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल तरुण दल, इटहरी उप-महानगर कार्यसमितिका अध्यक्ष अनीश (सुवेदी) गोरेले जानकारी दिनु भयो ।
नेपाल तरुण दल, इटहरी नगर समितिका उपाध्यक्ष मनीष चौधरी (फोन: ९८२७३५३३०२) र सचिव अभिन निरौला (फोन: ९७०३३६२४४४ / ९८२६३१९३२६) ले प्रतियोगिता सम्बन्धी थप जानकारी प्रदान गर्नेछन्।


