इटहरी । सुनसरीको इटहरी उपमहानगर वडा नं ६ लाइ आगामी वर्ष भित्र क्षयरोग मुक्त वडा बनाउन बिभिन्न योजनाबारे छलफल ,अन्तरक्रिया तथा एक दिने शुक्ष्म योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । वडा कार्यालयस्थित ज्येष्ठ नागरिक सभाहलमा आयोजित कार्यशालामा क्षयरोग बारे वडाको वर्तमान स्थिती, रोकथामका उपाय र आगामी योजनाबारे घनीभुत छलफल गरिएको थियो । वडाका जनप्रतिनिधी, ज्येष्ठ नागरिक , स्वास्थ्यकर्मी र स्थानियहरूको उपस्थितीमा एक दिने कार्यशाला सम्पन्न गरिएको हो । कार्यक्रममा क्षयरोग के हो ? कसरी सर्छ , यसका लक्षण र उपचार पद्धतीबारे चर्चा गरिएको थियो । उपचारमा वेवास्ता गरे बिमारीको ज्यान नै जान सक्ने सम्मको सचेतना जगाइएको थियो । ६ नं वडालाइ क्षयरोगबाट टाढा राख्न वडाध्यक्ष दिवस पोख्रेलको सक्रियतामा बिभिन्न योजनाहरू तयार पारी कार्यान्वयनको तयारी थालिएको छ । वडामा रहेका प्रत्येक टोल कमिटिहरूमा यस रोगबारे सचेतना जगाइनुका साथै रोग पत्ता लगाएर अस्पताल सम्म पुर्याउने व्याक्तिलाइ प्रोत्साहन स्वरूप नगद पुरस्कारको व्यवस्था मिलाइएको ६ नं वडाका वडाध्यक्ष दिवश पोख्रेलले बताउनुभयो । त्यस्तै बिद्यालय देखि सार्वजनिक ठाउहरू सम्म क्षयरोगबारे सचेतना अभियान सञ्चालन गर्न वडाले आवश्यक बजेट नै बिनियोजन गरिदिने वडाध्यक्ष पोख्रेलले बताउनुभयो । इटहरी उपमहानगरको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा क्षयरोग सहायक सुनीता गिरीले सहजीकरण गर्नुभएको थियो ।


