इटहरी । भोजपुरको पुर्वी अरुण गाउँपालिका–६ जरायोटारका किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ । वडामा रहेका कृषिमा संलग्न किसानहरूको क्षमता अभिवृद्धि तथा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न विभिन्न कृषि सामग्री वितरण गरिएको हो । वडा अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा मल्चिङ प्लास्टिक २७ रोल, प्लास्टिक पोखरी निर्माणका लागि प्लास्टिक ८ थान, प्लास्टिक टनेल १२ पिस, र स्पेयर गटर मेसिन १२ पिस वितरण गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडा कार्यालयले कृषिमा उत्पादनशीलता बढाउने उद्देश्यले वितरण गरिएका यस्ता सामग्रीहरूले स्थानीय किसानहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।