इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. ४ को कार्यालय र प्रेस नेटवर्क म्यानेजमेन्टको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।

असार ४ गतेदेखि सुरू भएको कार्यक्रम असार ९ गते सम्म उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा हुनेछ कार्यक्रम प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता तथा इटहरी वडा नम्बर ४ का अध्यक्ष भक्त लामाको प्रमुख आथित्यतामा सुरु गरिएको थियोे । तालिमको प्रशिक्षण सिमा बस्नेत ले गरिरहनुभएको छ । तालिममा ३५ जना बढीको सहभागीहरू रहेको छ ।

IMG-20250619-WA0003

तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको वडा अध्यक्ष भक्त लामाले बताउनुभयो । अघिल्लो वर्ष गरेको तालिम धेरै प्रभावकारी र धेरैको माग भएको कारणले गर्दा आगामी वर्षमा समेत उद्घोषण तालिम गराउँदै जाने उहाँको भनाइ छ ।

तालिमले समुदाय मैत्री नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङले विभिन्न ठाँउमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकासमा तालिम सञ्चालन गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य विश्वेश्वर पोख्रेल, वडा सचिव अर्जुन सुवेदी लगाएत जनप्रतिनिधि, कर्मचारीहरूको उपस्थिति रहेको थियोे ।

Screenshot_2025_0619_080810