इटहरी | देशभर गर्मीको तीव्रता बढिरहेका बेला सुनसरी जिल्लामा नेपाल तरुण दलले सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क चिसो पानी वितरण कार्यक्रम सञ्चालन गरेको छ। गर्मीका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको अवस्थामा नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल तरुण दलले विभिन्न ठाउँमा चिसो पानी वितरण गर्न थालेको हो।


नेपाल तरुण दल सुनसरीले रामधुनी , दुहबी, खनार, इटहरी, तरहरालगायतका विभिन्न स्थानमा सडक प्रयोगकर्ता र यात्रुहरूलाई लक्षित गर्दै निःशुल्क चिसो पानी वितरण गर्दै आएको छ। बाटोमा हिँड्ने बटुवाहरूलाई तत्काल राहत मिलोस् भन्ने भावना साथ गरिएको यस अभियानमा नेपाल तरुण दलका युवाहरूको सक्रिय सहभागिता देखिएको छ।

उक्त अभियान नेपाल तरुण दल जिल्ला कार्यसमितिका सभापति सिजन गुरुङ तथा नेपाली काँग्रेस क्षेत्र नं. ३(क) का सभापति दिपक ढकालको समन्वय र निर्देशनमा सञ्चालन गरिएको हो। उनीहरूको नेतृत्वमा युवाहरूले विभिन्न स्थानमा पानी वितरण केन्द्र स्थापना गरी दिनभरि चिसो पानी वितरण गरिरहेका छन्।1750333127642

त्यस्तै, नेपाल तरुण दल क्षेत्र नं. २(क) ले पनि इटहरी–२० स्थित तरहरा बजार क्षेत्रमा चिसो पानी वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ। सो क्षेत्रका सभापति विविश बिष्ट (राजा) को संयोजकत्वमा सो अभियान अघि बढाइएको हो।IMG-20250619-WA0007

नेपाल तरुण दलले गर्मीको यो विषम अवस्थामा नागरिकलाई अलिकति भए पनि राहत दिलाउन सकियोस् भन्ने मानवीय भावनाले प्रेरित भई यो अभियान सञ्चालन गरेको नेपाल तरुण दल जिल्ला कार्यसमितिका सभापति सिजन गुरुङले जानकारी दिनु भयो ।1750333103599

यो अभियानको सुरुवात नेपाल तरुण दल जिल्ला सदस्य जेनिश दाहालको संयोजकमा खनारबाट सुरु भएको हो ।स्थानीयबासी, यात्रु तथा बटुवाहरूले पनि यो कार्यको स्वागत गर्दै युवा शक्तिको सक्रियतालाई प्रशंसा गरेका छन् ।