इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीका निम्ति शुक्रबार एक दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सञ्चालन गरेको छ । विद्यालयले विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा व्यवहारिक अभ्यास लेखनका लागि तालिम आयोजना गरेको हो । तालिममा कक्षा ७ देखि १० सम्मका ३५ जना विद्यार्थी सहित विभिन्न विधाका ६ जना संयोजक शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । तालिम समापन समारोह विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको अध्यक्षमा भएको थियो । सो क्रममा उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्न तालिमले सहयोग गर्ने उहाँले बताउनुभयो । विद्यार्थीहरुलाई सबै क्षेत्रमा अब्बल बनाउन विभिन्न खालका तालिम दिने सन्दर्भमा वार्षिक कार्यक्रम अनुसार उद्घोषण कला र माइन्यूट लेखन गरिएको बस्नेतले बताउनुभयो ।  कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक द्दय लक्ष्मी सुवेदी र यमुना बस्नेत, शिक्षक रोवनराज कार्की तथा सुशीला काफ्ले, विद्यालयको अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक युवराज काफ्ले लगायतको उपस्थिति हरेको थियो ।