इटहरी । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सबै जिल्ला कार्यसमितिलाई दुई बुदे परिपत्र जारी गर्नुभएको छ । अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेस पार्टी द्वारा गठित दलको पाचौं महाधिवेशन निर्देशन समितिको निर्देशन अनुसार परिपत्र जारी गर्नुभएको हो । जिल्लाको वडा ,पालिका,प्रदेश सभा क्षेत्र ,प्रतिनिधिसभा क्षेत्रमा सदस्यता लिन छुट भएकाहरुलाई ध्यानमा राखी २०८२ असार १५ गते सम्म पुर्णकालिन सदस्यता फाराम वितरण गरेपश्चात मात्र अधिवेशन गर्न जिल्ला कार्यसमितिहरुलाई अध्यक्ष गुरुङले निर्देश्न दिनुभएको छ । अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेस पार्टी र महाधिवेशन निर्देशन समितीसंग समन्वय गरी दलको पाँचौ महाधिवेशन छिट्टै सम्पन्न गर्न नेपाल तरुण दल केन्द्रीय कार्यलय देशिभरिको सम्पुर्ण जिल्लाहरुमा क्रियाशिल भएर अभियानको रुपमा लागिरहेको जानकारी गराउनुभएको छ । पाँचौ महाधिवेशन अन्तर्गत जिल्लामा भैरहेका अधिवेशनको कार्यहरुलाई निरन्तरता दिन निर्देशन दिदै अध्यक्ष गुरुङले जिल्लामा आवश्यक सदस्यता फारामहरु केन्द्रीय कार्यालयमा सम्पर्क गरि लिन जिल्ला कार्यसमितिलाई परिपत्र गर्नुभएको छ ।



