इटहरी । बराहक्षेत्र नगरपालिका वडा –१० मा लागू औषध दुब्र्यसन र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लागू औसध दुब्र्यसन बिरुद्दको अभियानमा एक एकजुट भई सबै लागौँ भन्ने मुल नाराका साथ प्रशिक्षण तथा प्रमाणपत्र बितराण कार्यक्रम सम्पन्न भएको हो । समाजसेवि रेशु तामाङको संयोजनमा सम्पन्न कार्यक्रममा ४५ जना बिद्यार्थी उपस्थित रहेका थिए । कार्यक्रममा संयोजक तामाङले लागुऔषधले व्यक्तिको जीवनमा सामाजिक, शारीरिक र मानसिक असर पार्ने बताउनुभयो । लागुऔषध प्रयोगको समस्या दिन प्रतिदिन बढी रहेकाले राष्ट्रलाई नै ठूलो क्षति पु¥याउँने उहाँको भनाई छ । बराहक्षेत्र नगरपालिका नगर उपप्रमुख नन्द कुमारी सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले बराहक्षेत्र नगर अध्यक्ष सिता भण्डारी पौडेल बिशिष्ट अतिथिको रुपमा सहभागि बन्नुभएको थियो त्यस्तै प्रशिक्षकका रुपमा इलाका प्रहरी कार्यलय बराहक्षेत्रका प्रमुख दिवस कुँवर हुनुहन्थ्यो । कार्यक्रममा शैक्षिक, राजनैतिक बुद्दिजिबि स्थानिय समाजसेविहरुको उपस्थिति रहेको थियो, कार्यक्रम समिर चन्द्रवंशीले सन्चालन गर्नु भएको थियो । समाज सेवि रेशु तामाङले बिगत लामो समय देखि बिभिन्न सामाजिक कार्य गर्दै आइरहनु भएको छ ।