इटहरी । झापाको कमल गाँउपालिकामा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने रतुवा खोलाको पुलमा ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परेर कमल गाउँपालिका–५ का ३० वर्षीय शुशिल राईको ज्यान गएको हो । मे। १ ख। ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा दमकबाट पूर्व आउँदै गरेको मे। ९ प। ८९०४ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकल चालक राई गम्भीर घाइते बन्नु भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । स्थानीय निम्स अस्पतालमा उद्धार गरी उपचारका लागि पुर्याइएको थियो । प्रहरीले ट्रक चालकसहित ट्रक नियण्त्रणमा लिएर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेको बताइएको छ ।


