बिवस पराजुली /
देशभर बढ्दो गर्मी र नियमित लोडशेडिंगका कारण विद्यार्थीहरूको
शैक्षिक गतिविधि प्रभावित बन्न थालेको छ। अत्यधिक तापक्रम र बिजुली आपूर्तिमा आएको
अनियमितताले विद्यालय तथा घर दुवैमा पठनपाठनमा समस्या देखिएको छ।
विशेषगरी गर्मी याममा ग्रामीण भेगका विद्यालयहरूमा पङ्खा वा कूलरको अभाव छ भने, लोडशेडिंगले बत्तीसमेत नहुँदा कक्षाकोठा भित्रै बसेर पढ्न कठिन भएको शिक्षकहरू बताउँछन्।
“गर्मीले बालबालिका असहज महसुस गर्छन्, अनि
बत्ती नभएपछि त झनै पढ्न मन लाग्दैन,” भन्छिन् इटहरीकी एक अभिभावक माया थापा।
उनले विद्यालयले वैकल्पिक तालिका बनाउनुपर्ने मागसमेत गरेकी छन्।
यसैबीच शिक्षाविद्हरूले समयमै कदम चाल्न सुझाव
दिएका छन्। “यदि यस्ता समस्या यथावत रहे भने, विद्यार्थीहरू मानसिक र शैक्षिक दुवै
हिसाबले पछि पर्न सक्छन्,” शिक्षाविद् राजु अधिकारीले बताए।
सरकारले यस समस्यालाई गम्भीर रूपमा लिँदै
वैकल्पिक ऊर्जा स्रोतहरूको प्रवर्द्धन र लोडशेडिंग समय निर्धारण गर्न स्थानीय
तहलाई निर्देशन दिनुपर्ने माग चुलिँदै गएको छ।