इटहरी । सुनसरीमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कोशी गाउँपालिका ८ मा शनिबार आफ्नै घरको आँगनमा खेलिरहेको बेला सर्पले डसेर १२ वर्षीया नबिजन खातुनको मृत्यु भएको हो। दाहिने खुट्टाको घुडामुनि सर्पले डसेपछि तत्काल जिल्ला अस्पताल इनरुवा ल्याएर उपचार सम्भव नभएपछि कोशी अञ्चल अस्पताल विराटनगर लगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


