रामधुनी | सुनसरीको गढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
गाउँपालिकाकाले कृषि विकास ,श्रम तथा रोजगार ,शिक्षा, खानेपानी तथा सरसफाइ न्यायिक निरूप ,स्वास्थ सेवा ,भौतिक पुर्वाधार विकास ,पशु पंक्षी विकास ,पर्यटन विकास ,उद्योग विकास,सहकारी विकास,महिला विकास लैंगिक समानता र समावेशीकरण,खेलकुद तथा मनोरञ्जन ,सडक पूल भवन तथा ग्रामीण विकास,सञ्चार ,वन वातावरण तथा विपद् व्यवस्थापन ,उर्जा तथा विद्युत ,सुशासन तथा संस्थागत विकास,राजस्व नीति लगाएत क्षेत्रहरूलाई नीति तथा कार्यक्रममा समेटेको छ ।
गाउँपालिकाले "कृषि ,शिक्षा,पर्यटन र उद्योगमा अगाडि : स्वास्थ ,सुन्दर ,समातामुलक र समृद्ध- गढी भन्ने मुल नाराका साथ अगाडि बढिरहेको उपाध्यक्ष अनिता कुमारी शाहले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको सुशासन, पारदर्शिता र नागरिक सहभागिता अभिवृद्धिमा समेत नगरपालिकाले नीति तथा कार्यक्रम केन्द्रित गरेको उहाँको भनाइ छ ।
यस नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट स्थानीय उत्पादकत्व वृद्धि, जीवनयापनमा सहजता, मानव विकासमा सुधार वातावरण संरक्षणमा योगदान, पुननिर्माण र पुनःस्थापना, समता सहितको समानतामार्फत सामाजिक न्याय र गुणस्तरीय सेवा सहजरुपमा प्राप्त गर्न सहयोग गर्ने अध्यक्ष आश नारायण चौधरीले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा नगरको पूर्वाधार, शिक्षा, स्वास्थ्य , कृषि र पर्यटन क्षेत्रमा विशेष ध्यान दिइने जनाउँदै गाउँपालिका विकासका कामलाई तीव्र बनाउँदै नागरिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने आफ्नो तर्फबाट महत्त्वपूर्ण योगदान गर्ने प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले बताउनुभयो ।
गाउँपालिकाको १५ औँ नगरसभा असार १० गते भोली बस्नेछ, जसमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरी स्वीकृत गरिने छ।
कार्यक्रममा वडाका वडा अध्यक्षहरूले आ-आफ्नो भनाइ राख्नु भएको छ ।वडा सदस्यहरू , कर्माचारीहरू ,स्थानीय विद्यालयका शिक्षकहरू लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।


