इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ४ को कार्यालय र प्रेस नेटवर्क म्यानेजमेन्टको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन भएको छ । असार ४ गतेदेखि उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा भएको कार्यक्रम प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता तथा इटहरी वडा नम्बर ४ का अध्यक्ष भक्त लामाको प्रमुख आथित्यतामा गरिएको थियोे । प्रमुख प्रशिक्षक सिमा बस्नेत र सह–प्रशिक्षक सन्तोष धमलाले सहजीकरण गर्नुभएको तालिममा ३५ जना भन्दा बढीले सहभागीता जनाएका थिए । उद्घोषण तथा प्रभावकारी सञ्चार सीपसँगै नेतृत्व क्षमता विकासमा तालिम उपयोगी रहेको सहभागी दिपक बरालले प्रतिक्रिया दिनुभयो । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको वडा अध्यक्ष भक्त लामाले बताउनुभयो। अघिल्लो वर्ष सञ्चालन गरिएको तालिम प्रभावकारी रहेको र धेरैको माग रहेकोले आगामी वर्षहरूमा पनि उद्घोषण तालिम निरन्तर सञ्चालन गर्दै लैजाने उहाँको भनाइ छ । तालिमले समुदाय मैत्री नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङले विभिन्न ठाँउमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकासमा तालिम सञ्चालन गर्दै आएको छ । तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य विश्वेश्वर पोख्रेल, वडा सचिव अर्जुन सुवेदी लगाएत जनप्रतिनिधि, कर्मचारीहरूको उपस्थिति रहेको थियोे ।


