इटहरी । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभाका सभाध्यक्ष कैलाश कुमार आलेले प्रस्तुत गरेको बजेटमा सामाजिक, न्यायिक, सांस्कृति, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, विद्युत् लगायत विकास योजनाका लागि रकम विनियोजन गर्नुभएको छ। यसैगरी, सभाध्यक्षले १२ वटा वडाका सबै वडाध्यक्षलाई अहिलेसम्म राम्रो काम गर्दै आएको बताउँदै जनताको सेवामा निरन्तर लागि पर्न थप प्रोत्साहन गर्नुभयो। सभाध्यक्ष आलेले कृषि क्षेत्रको विकासका लागि कृषिलाई व्यवसायीकरण, होमस्टे सञ्चालन तथा मल, बिउ मा अनुदान लगायत कार्य गर्ने उल्लेख गर्नुभयो।

उहाँले नगरपालिकामा महिला, बालबालिका लगायत सबै नागरिकलाई रोजगार, श्रम, तथा सिप विकास गर्नुका साथैँ बालश्रममुक्त नगरपालिका, पूर्ण खोप तथा दिगोपना कायम गर्ने बताउनुभयो । उहाँले पालिकामा राजस्व सङ्कलन कम हुनुका साथै सङ्घ र प्रदेशबाट प्राप्त हुने स्रोतसाधन सानो हुँदा विकासात्मक कार्य गर्न कठिन अपेक्षित विकास हुँदै आएको बताउनुभयो।आर्थिक तथा विनियोजन वियेयक प्रस्तुत गर्दै नगर उपप्रमुख निर्मला शेर्पाले नगरपालिकाले संकलन गर्ने राजस्व तथा बजेट सम्बन्धी नीति, नियम तथा दररेट सम्बन्धीको व्यवस्था प्रस्तुत गर्नुभएको थियो।