वराहक्षेत्र  | १३ औं स्थापना दिवसको अवसरमा वराहक्षेत्रमा चक्रघट्टि जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आइतवार बिहान नेपाल रेडक्रस सोसाईटी उपशाखा महेन्द्रनगरको कार्यालयको प्राङ्गनमा चक्रघट्टी जेसिजले रक्तदान आयोजना भएको थियो ।

नेपाल रेसक्रस सोसाईटी सुनसरीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४९  पिन्ट रगत संकलन भएको थियो । रक्तदान जीवनदान भन्ने मुल मन्त्रलाइ आत्म साथ गर्दै रगतको अभाबलाई समधान र मानव सेवालागि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे( सुरज) ले बताए । IMG-20250706-WA0013

चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे( सुरज) को सभाधपयक्षतामा आयोजना भएको रक्तदान कार्यक्रममा नगर प्रमुख रमेश कार्की , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , चक्रघट्टी जेसिजका पुर्व अध्यक्षहरु, पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।