इटहरी । मोरङको केराबारी गाउँपालिकामा भएको उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम समापन भएको छ । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रणालीको आयोजना तथा केराबारी गाउँपालिकाको सहकार्यमा असार १४ गते देखि २२ गते सम्म भएको तालिम  समापन भएको हो । कार्यक्रममा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष विकल पौडेलको अध्यक्षता तथा केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यतामा गरिएको हो । तालिमको उद्देश्य भनेको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको गाउँपालिका उपाध्यक्ष मनमाया मगरले बताउनुभयो । आगामी वर्षमा समेत उद्घोषण तालिम गराउँदै जाने उहाँको भनाइ छ । तालिममा केराबारी गाउँपालिकाका विभिन्न संघ संस्थाबाट सहभागीता रहेको थियोे । तालिममा उद्घोषण सीप, प्रभावकारी सञ्चार, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, समूह व्यवस्थापन, सार्वजनिक प्रस्तुती कौशल जस्ता विषयमा सिमा बस्नेतले प्रशिक्षण दिनुभएको थियो । समापन तालिममा सहभागी सम्पुर्णलाई प्रमाण पत्र प्रदान गरिएको थियो । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङले विभिन्न ठाँउमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकासमा तालिम सञ्चालन गर्दै आएको छ ।  कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख मिना पहाडी , प्रशिक्षक सन्तोष धमला लगाएतको सहभागीता रहेको थियो ।