विराटनगर – कोशी प्रदेशमा पहिलोपटक व्याडमिन्टन संघ तसर्थ समिति गठन गरिएको छ। प्रदेश खेलकुद विकास बोर्ड, सामाजिक विकास मन्त्रालय अन्तर्गतको निर्णयअनुसार भोगेन्द्र थापा धनकुटाको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।

यसअघि प्रदेशस्तरीय व्याडमिन्टन संघ गठन नभएको र संघीय संरचना अनुसार प्रदेश स्तरमा खेल संघहरू स्थापना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै उक्त समिति गठन गरिएको जनाइएको छ। संघको बैठकबाट प्रदेशको अधिवेशन यहीँ भदौं २१ गते धनकुटामा गर्ने भएको छ ।

समितिमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरिएको छ।  इटहरीमा बसेको बैठकबाट अधिवेशन गर्ने , जिम्मेवारी बाडफाड गर्ने  , सल्लाहकार समिति बनाउने लगाएत विषयमा प्रस्ताहरू रहेका छन् ।

समितिको संयोजक भोगेन्द्र थापाले निकट भविष्यमा प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिता तथा संरचनागत विकासका योजना सार्वजनिक गरिने जानकारी दिएका छन्।