इटहरी | इटहरी वडा नम्बर २ रहेको संगीत प्रतिष्ठान टोल विकास संस्था मातहतको मनकामना भजन किर्तन समूहको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नयाँ कार्यसमितिमा बिमला सुबेदी अध्यक्ष, निर्मला खत्री उपाध्यक्ष, रमादेवी पौडेल सचिव, र शोभा श्रेष्ठ कोषाध्यक्ष चयन हुनुभएको छ। यस्तै, गीता बिष्ट, कल्पना कार्की र मंजु अधिकारी सदस्यमा चयन हुनु भएको छ।

समितिकी नवनिर्वाचित अध्यक्ष बिमला सुबेदीले समूहको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाले सामाजिक कार्य सँगै समाजको हित हुने।किसिमका काम गर्ने संगीत प्रतिष्ठान टोल विकास संस्थाका अध्यक्ष विकाश भण्डारीले जानकारी दिनुभयो । यस अघिका दिनमा गरिएको आगामी दिनमा गर्दै जाने जानकारी दिनुभयो ।