इटहरी | इटहरी लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौं दिन इटहरीको मायाघरमा असहाय नागरिकहरूलाई खाना खुवाउने तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष माधव कोइरालाको उपस्थिति रहेको थियो।

मायाघर नेपालमा बसोबास गरिरहेका १४६ भन्दा बढी असहाय नागरिकहरूलाई पोषणयुक्त निःशुल्क खाना वितरण गरिएको हो। साथै स्वच्छता, स्वास्थ्य र महिला सशक्तीकरणका विषयमा जानकारीमूलक सन्देश पनि दिइएको थियो।

वडा अध्यक्ष माधव कोइरालाले समाजको सेवामा समर्पित यस्ता कार्यक्रम सराहनीय हुने बताउनुभयो। अध्यक्ष लक्ष्मी बरालले पनि सामुदायिक हितका लागि यस्ता कार्यक्रम निरन्तर चलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमकी प्रमुख संयोजक जेसीसी रुबिना थापा रहनुभएको थियो भने संयोजकको भूमिका लेडी जेसीजकी उपाध्यक्ष जेसी सुष्मा ढकालले निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा तरहरा जेसीजका पूर्व अध्यक्ष सुभाष गौतम, संस्थाका पूर्व अध्यक्ष गीता अधिकारी, इन्दिरा काफ्ले, सुष्मा रिजाल, रश्मि निरौला,अम्बिका श्रेष्ठ ,भेषजा काफ्ले , मानर्थ सदस्य निता भट्ट, दुर्गा पौडेल ,सिभु दाहाल तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।