इटहरी । दुहबी नगरपालिका  स्वास्थ्य शाखाको आयोजनमा  बहुक्षेत्रीय पोषण    महिला,  बालबालिका तथा किशोर किसोरीहरुका लागी  पोषण  अवस्था सुधारका लागी सरोकारवाला  र जनप्रतिनिधीहरुको ३ दिने अभिमुखिकरण   कार्यक्रम सुरु भएको छ । कार्यवाहक  नगर प्रमुख  मेनुका खतीवडाले  सोमबार उक्त कार्यक्रमको  उद्घाटन  गर्नुभएको हो ।  उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत   सुवर्ण घिमिरे,   जनस्वास्थ्य शाखा प्रमुख बिन्देश्वर  महतो,   फोकल पर्शन  उचित नारायण साह,  लगायत  वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु,   बिभिन्न शाखाका  कर्मचारीहरुको उपस्थिति  रहेको थियो । कार्यक्रममा स्थानिय स्तरमा पाइने  खाद्यबस्तुको परिकार,  रैथाने बाली उत्पादनको महत्व,  र  स्थानिय स्तरमा उत्पादित खाद्य बस्तुमा पाइने   पोषक तत्व बारे   जानकारी  र  अनिवार्य  पोषण  सुबिधा सम्बन्धी  जानकारी  गराइएको थियो । दिगोबिकाश  लक्ष्य र  बिश्व स्वास्थ्य  संगठनले  तोकेका स्वास्थ  तथा पोषण सम्बन्धी  सुचकहरु पुरा गर्न  तिनै तहका सरकारले   नेतृत्व लिनुपर्ने  उल्लेख गर्दै    दुहबी नगरपालिकाले  सन्चालन गरेको  सुनौला हजार दिन र  नव दम्पतिलाइ  सुभकामना कार्ड  प्रदान    जस्ता कार्यक्रमले  सम्बोधन गर्दै आएको  कार्यबाहक  नगर प्रमुख  खतीवडाले जनाउनुभयो ।