बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा नं. ९ मा डेंगु रोग नियन्त्रण गर्न "खोज र नष्ट गर" अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा वडा नं. ९ का जनप्रतिनिधि, आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज, स्वयंसेवी संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।  

कार्यक्रममा डेंगुको नियन्त्रण गर्न  पानी जम्ने सम्भावित स्थानहरू , फोहर ठाउँ ,खाडल, पुराना टायर आदि खोजी नष्ट गर्ने तथा सरसफाइ गर्ने आवश्यकताका बारेमा जानकारी दिइएको थियो। साथै, आधारभूत स्वास्थ्य केन्द्रको टोलीले बराहक्षेत्र नगरपालिका वडा नं. ९ को कार्यालयलाई "मायाको चिनो" हस्तान्तरण गरेका छन्।  

यस अभियानले डेंगुजन्य रोगबाट बच्न सामुदायिक सहभागिता र स्वच्छताको महत्त्वलाई जनाएको छ। स्थानीय स्तरबाट यस्ता पहलहरू निरन्तरता पाउन आवश्यक छ भनी स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्।