इटहरी । कोशी प्रदेशमा हाल सम्म ३ हजार ९६ जना डेंगीका संक्रमित रहेको पाइएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले आयोजना गरेको स्वास्थ्य प्रवद्र्धनका लागि पत्रकार तथा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङं्क सार्वजनिक गरेको हो । जसमा सबैभन्दा बढी मोरङमा ९ सय १३ जना, सबैभन्दा कम तेह्रथुम र ताप्लेजुङमा २÷२ संक्रमित रहेका छन् । यस्तै झापामा ८ सय १२, सुनसरीमा ३ सय ७७, उदयपुरमा २ सय ७५, भोजपुरमा २ सय २६, धनकुटामा १ सय ४३, संखुवासभामा १ सय ३४, ओखलढुंगामा १ सय २१, पाँचथरमा ७०, खोटाङमा १०, सोलुखुम्बुमा ६ र इलाममा ५ जना संक्रमित रहेका छन् । यसैगरि कोशी प्रदेशमा उच्च रक्तचाप, कालाजार रोगको संक्रमित पनि अधिक रहेका छन् ।  निर्देशनालयले प्रस्तुत गरेको प्रतिवेदनमा कोशी प्रदेशका २ सय ३२ स्थानबाट करिव १५ हजारले गर्भपतन गराएको र विभिन्न १३ वटा रोगको १४ खोप लगाउने गरेको तथा ७९ प्रतिशतले पूर्ण खोप पाएको छ । स्वास्थ्यमा कर्मचारी अभाव तथा स्थानीय तहले काम नगर्दा समस्या हुने गरेको स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनु भयो । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धिमा सञ्चारको भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका थिए । साथै, स्थानीय तहमा स्वास्थ्य पूर्वाधार, जनशक्ति तथा सेवा वितरणमा भइरहेको समस्या र समाधानका उपायबारे समेत विचार विमर्श गरिएको थियो ।