इटहरी | ईलाका प्रहरी कार्यालय इटहरीको आयोजनामा सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सुनसरीको तरहरास्थित रूद्राक्ष पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा प्रहरी उपरीक्षक तिम्सिनाले ईलाका प्रहरी कार्यालयको सेवा, जिम्मेवारी तथा जनगुनासो व्यवस्थापन सम्बन्धी विषयमा जानकारी दिनुभएको थियो। वडा अध्यक्ष श्रेष्ठले सुरक्षा व्यवस्थामा नागरिक सहभागिता र स्थानीय सरकारको भूमिकाबारे आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा स्थानीय विभिन्न संघ–संस्थाका पदाधिकारीहरूले इलाकामा भइरहेका सामाजिक र सुरक्षासम्बन्धी जनगुनासोहरू प्रस्तुत गरेका थिए।IMG-20250711-WA0012

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य कुमारी विक, ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजेन्द्र कुमार पौडेल, वडा सदस्य तनुज गुरुङ (सुरेश), बहादुर तामाङ, धर्मादेवी गिरि तथा अन्य स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमले स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन र नागरिकबीच पारदर्शी संवाद तथा सहयोगको वातावरण सिर्जना गरेको आयोजकले जनाएका छन्।