इटहरी । नेपाल तरुण दल दुहबीको आयोजनामा दुहबी नगरपालिका–१२ मा बृहत् सडक सफाइ अभियान सञ्चालन गरिएको छ । जनसहभागिता सहित सम्पन्न अभियानले सडकको सरसफाइ मात्र नभई ट्राफिक सुरक्षा समेतमा सन्देश दिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महासमिति सदस्य तथा दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदार, नगर उपप्रमुख मेनुका खतिवडा, पूर्व वडा अध्यक्षहरू, वडा सदस्यहरू, नेपाली काँग्रेस दुहबी–१२ का सभापति, नेपाल तरुण दल दुहबीका सभापति मो. नासरुद्दिन, सचिव बोधराज खतिवडा, तरुण दल क्षेत्र नं. ३ का उपसभापति मो. नाजिम हुसेन, तरुण नेता अब्दुल हसिफ लगायत दर्जनौं कांग्रेस कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सडक किनारमा वर्षौंदेखि नियन्त्रण बिना फैलिएको झारजङ्गल र अनावश्यक रुखका हाँगाहरूले दुर्घटनाको जोखिम बढाएको भन्दै ती हटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीहरूले खुकुरी, कुदाल, हँसिया जस्ता उपकरणको प्रयोग गरी सडक छेउछाउका झारपात तथा रुखका हाँगाहरू काटी फालिएको थियो । नेपाल तरुण दल दुहबीका सचिव बोधराज खतिवडाले यस्तो अभियानले युवाहरूमा सामाजिक जिम्मेवारी र नेतृत्व क्षमताको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमले सरसफाइको सन्देश मात्र नभई नगरमा सचेतना अभिवृद्धिमा समेत टेवा पु¥याएको स्थानीयवासीहरूले बताएका छन् । अभियानलाई नियमित रूपमा अघि बढाउने योजना रहेको पनि आयोजकहरूले बताएका छन् ।