इटहरी । भोजपुरको षडानन्द नगरपालिकाले कृषकहरूको उत्पादन वृद्धि र आधुनिकीकरणलाई प्रोत्साहित गर्ने उद्देश्यले ७२ जना किसानलाई मिनि टेलर वितरण गरेको छ । प्रदेश सरकार र षडानन्द नगरपालिकाको साझेदारीमा सञ्चालन भएको कार्यक्रममा बीच कृषकहरूलाई कृषि सामाग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख रक्षा रोकाले जानकारी दिनुभएको छ । नगरपालिकाका वडा नं. ९ र १० मा चिराइतो खेती प्रवद्र्धन अन्तर्गत २ जना र कफी खेती प्रवद्र्धन अन्तर्गत २ जना सहित अन्य कृषकलाई समेत यसपटक मिनि टेलर उपलब्ध गराइएको हो । कृषकहरूको जीवनस्तर उकास्न र कृषि पेसालाई व्यवसायिक बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । षडानन्द नगरपालिकाले आगामी दिनमा समेत कृषि यान्त्रीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।