इटहरी । पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्वापोले सार्वजानिक व्यायमशालाको उद्घाटन गर्नुभएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को लगानीमा सुन्दर सामुदायिक वन क्षेत्र स्वागत टोलमा सार्वजानिक व्यायमशालाको उद्घाटन गरिएको हो । नगर प्रमुख तुम्वापोले रिबन काटेर र कम्मर मर्काउने व्यायम गरेर सो व्यायमशालाको उद्घाटन गर्नुभएको थियो । युवा, बालबालिका तथा जेष्ठ नागरिकहरूको शारीरिक तन्दुरुस्तीका लागि वडा कार्यालयले व्यायामशालाको निर्माण गरेको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो । यसैगरी व्यायमशाला उद्घाटन पश्चात् रातो शिरीष, कल्की, निलो शिरीष र धुपी जस्ता विभिन्न प्रजातिका रंगीन फूलहरूको बिरुवा रोप्नुका साथै सिँचाइ सहज बनाउन र आवत जावत सहज गर्नका लागि ह्युमपाइप लगाउने कार्य गरिएको थियो । सो कार्यक्रममा सुन्दर सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु तथा वडाका वडा सदस्य चन्द्रकुमार राई, सीता भुसाल लगायतको उपस्थिति रहेको थियो ।