दुहबी / दुहबीको सरस्वती मा.वि. विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी । स्थानीय पार्वती कुमारी रौनियारले शनिबार दुहबीमा पत्रकार सम्मेलन मार्फत दुहबी ५ नम्बर वडा सदस्यको श्रीमतीलाई नियुक्ति गर्न चलखेल गरेर योग्य परिक्षार्थीललाइ पाखा लगाउने काम गरेको
आरोप लगाइन् । योग्यता पुगेका योग्य परिक्षार्थीकोलागी न्यायको अपिल गर्दै पत्रकार सम्मेलनमा पार्वती रौनियार भक्कानिदैं रोएकी थिइन । निश्पक्षरूपमा परिक्षा संचालन गर्नुपर्नेमा उनले जोड दिएकी छिन । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा समेत उजुरी परेको छ ।



