धरान | सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको नयाँ कार्यसमिति निर्वाचन सम्पन्न भएको छ । सङ्घको अध्यक्षमा गोपाल श्रेष्ठ विजयी भएका छन् । उनले १६०५ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी शिवराज श्रेष्ठलाई ९५८ मतले पराजित गरेका हुन् । शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गरे ।
उद्योग सदस्यतर्फ कृष्ण प्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५० र महेन्द्र प्रधानले ५४६ मत प्राप्त गर्दै विजयी भएका छन् । सोही पदका लागि उमेश अग्रवालले २१३, खड्ग बहादुर बस्नेत (राजु)ले २१६ र शिवानन्द साहले २६१ मत प्राप्त गरेका थिए ।
वाणिज्य महिला सदस्यतर्फ वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका प्रतिस्पर्धी ममता शाक्यले ४५३ मत प्राप्त गरिन् ।
वाणिज्य सदस्यतर्फ अमित अग्रहरीले ९०१, किसन मास्केले ७८५, जयप्रकाश शर्माले ८५१, नवीन राज भण्डारीले ९२९, रामस्वरूप शर्माले ८६३, विवेक अग्रवालले ८४०, शशी साहले ८२० र शैलेस कुमार आचार्य (प्रमोद)ले ८९९ मत प्राप्त गर्दै विजयी भए । वाणिज्य सदस्य पदका अन्य उम्मेदवार अर्जुन श्रेष्ठले ४०१, उपेन्द्र चाम्लिङले ४८१, कृष्ण ठाकुरले २६०, चन्द्रबहादुर सुवेदीले २९०, सागर प्रसाईले ४८६ र सीताराम आचार्यले ५२७ मत प्राप्त गरे ।
एसोसिएट सदस्यतर्फ गोपाल श्रेष्ठ प्यानलका ललित अग्रवालले ११७ मत प्राप्त गर्दै विजयी भए । यसतर्फ राजु साहले ७५ र राजेश अग्रवालले ८० मत पाए । यसै पदका लागि गोपाल श्रेष्ठ प्यानलका अशोक जैनले ६२ र मनिष अग्रवालले ५९ मत मात्रै प्राप्त गरे ।
त्यसैगरी उद्योग महिला सदस्यतर्फ मिना राई (मगर) र बस्तुगत सदस्यतर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भएका छन् ।


