इटहरी । इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल कार्य शिलशिलामा कार्यक्षेत्र बाहिर जानुपर्ने भएकाले इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ कार्यवाहक नगर प्रमुख तोकिएका छन्। नगर प्रमुख पौडेलले साउन २ गतेदेखि कार्यालयमा पुनः उपस्थिति नहुन्जेलसम्मका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ ९क० र १२ अनुसार वडा नं। २० का वडाध्यक्ष श्रेष्ठलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्न पत्रमार्फत् जानकारी गराएका हुन्। उक्त जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपमहानगरका विभिन्न कार्यालयहरूमा समेत बोधार्थ पठाइएको छ।

