इटहरी । सुनसरीको रामधुनी नगरपालिका–६ की १८ वर्षीय स्मृती चौधरीको करेन्ट लागेर ज्यान गएको छ। प्रहरीका अनुसार चौधरी आफ्नै घरमा रहेको पङ्खा ९कल० चलाउने क्रममा विद्युत प्रवाहमा परी घाइते भएकी थिइन्। गम्भीर अवस्थामा रहेका कारण तत्कालै उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै मृत्यु भएको बताइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।