इटहरी/ हलुवाइ सेवा समाज इटहरीको आयोजनामा २०८२ सालको प्रत्येक सोमबार बिहान ५:३० बजे इटहरी को पबित्र नदी बृद्द गगां जमुना मुक्ती घाट बाट जल उठाइ इटहरी मै रहेको श्रीराधा कृष्ण शिव मन्दिर मा अर्पन गर्ने र प्रसाद भण्डारा ग्रहण गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। टाढा बोलबम जान नसक्ने सहित सम्पुर्ण नगरबासी धर्मानुरागी भक्तजन हरु लाई जानकारी गराउदै उपस्तिथि को लागि अनुरोध गरेकोछ !
हलुवाइ सेवा समाज इटहरीले छैठ पर्व, श्री कृष्ण जन्माष्टमी, रथयात्रा लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू फलफुल, पानी, खाधान्न लगायतका सामग्री बितरण गर्ने गरिरहेको छ । व्यवसायिक सँगसँगै धार्मिक तथा सामाजिक सक्रिय हलुवाई सेवा समाज इटहरीले सामाजिक कामलाई निरन्तरता दिने हलुवाई सेवा समाज इटहरीका अध्यक्ष विक्रम शाह ले बताउनुभयो। ।
