मोरङ / सहारा नेपाल साकोसको मंगलवारे सेवा केन्द्रले उर्लावारी–३ स्थित दुर्गा मन्दिरलाई पोडियम हस्तान्तरण तथा वित्तीय विवरण सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

दुर्गा मन्दिरको सभाहलका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत १ थान पोडियम हस्तान्तरण गरिएको र हालसम्मको सेवा केन्द्रको आर्थिक अवस्था तथा गतिविधिबारे प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिनुभयो।

कार्यक्रम उर्लावारी–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सेवा केन्द्रले हाल १० करोडभन्दा बढी ऋण लगानी, करिब ९ करोड बचत संकलन गर्दै वित्तीय साक्षरता, बीमा, मोबाइल बैंकिङ लगायतका सेवा दिइरहेको जनाएको छ।

संस्थाको पारदर्शिता, सामाजिक योगदान र स्थानीय तहसँगको सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम गरिएको सहारा नेपालका अनुगमन अधिकृत महेस तामाङ बताउनुभयो।