इटहरी । भोजपुरको कावा खोलासहितका आसपासका क्षेत्रमा बाढी खेतमा पसेपछि थन्काउने चरणको बर्खे (साउने) धानबालीमा क्षति पुगेको छ। सडक विस्तारका क्रममा नालीको उचित व्यवस्थापन नगर्दा सडकको पानी खेतमा पस्दा स्थानीय किसानको बाली नष्ट भएको हो। रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङका अनुसार, सडकमा जमेको पानी नालीमार्फत निकास नपाएपछि खेतमा पसेको र यसले धानबाली नष्ट गरिदिएको हो। बाढीले यस पटक कम्तीमा तीन जना किसानको बर्खे धानबालीमा क्षति पुर्याएको छ।

