इटहरी | नेपालका लागि टीभीएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले इटहरीमा आयोजना गरेको टीभीएस एक्सचेन्ज म्यानिया अभियान मार्फत ९० भन्दा बढी सवारीसाधन बिक्री गरेको छ ।

इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम श्रावण ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने मेलामा बिहीबार सम्ममा ९० भन्दा बढी सवारीसाधन बिक्री तथा एक्सचेञ्ज भएका छन् । साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान गरिनेछ । पुराना सवारीको मूल्याङ्कनका लागि १० जना अनुभवी भ्यालुएटर परिचालन गरिएको छ ।

पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार मेलामा बाइक किनमेल र एक्सचेञ्जका लागि आउने ग्राहकको भिड दिनप्रतिदिन बढिरहेको आयोजकको भनाइ छ । ब्याजरहित किस्ता, लाइफटाइम वारेन्टी, निःशुल्क हेल्मेट लगायतका विशेष अफर तथा सहज प्रक्रिया अभियानको प्रमुख आकर्षण बनेका छन् । बजार मूल्यभन्दा सस्तोमा सवारीसाधन पाएर खुशी भएको ग्राहक रेवति भट्टराईले बताउनुभयो । उहाँले नयाँ सवारीसाधन सस्तोमा पाउँदा निकै खुसी लागेको र पुरानो सवारी साधन राम्रो मूल्यमा एक्सचेञ्ज भएको बताउनुभयो ।IMG-20250724-WA0059

ग्राहकहरूको उत्साहजनक सहभागीता रहेकाले जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउनुहुने ग्राहकले ३० हजार सम्म मूल्याङ्कन, ८ हजार  बढी छुट र ०% ब्याजदरमा किस्ताबन्दी र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता सुविधा पाउने जगदम्बा मोटर्स प्रा.लि का क्षेत्रिय प्रबधक अमित चौहानले बताउनुभयो । 

हाल नेपाली बजारमा टिभिएसका २३ मोडेल उपलब्ध छन् । इटहरी, धरान, इनरुवा, दुहबी लगायत पूर्वी क्षेत्रका ग्राहकका लागि यो अभियान अवसरपूर्ण अफर रहेको छ । टिभिएसले पुरानो बाइक साटेर नयाँमा चढ्न मात्र होइन, त्यससँगै आर्थिक सजिलो, इन्जिनको दीर्घ ग्यारेन्टी र अफरको भरपर्दो व्यवस्था पनि सुनिश्चित गर्दै आएको छ ।IMG-20250724-WA0058