इटहरी । पछिल्ला वर्षहरूमा आवश्यक सीप सिकेर तथा दक्षता हासिल गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै छोटो अवधिको ‘केयर टे«निङ्’ प्रति आकर्षित हुन थालेका छन् । इटहरीमा सञ्चालित यलम्बर केयर गिभर टे«निङ् सेन्टरमा तीन वर्षको अवधिमा विदेश जानकै लागि ५०० भन्दा बढीले तालिम लिएका छन् । तालिम लिनेमध्ये सवैभन्दा बढी इजरायल जाने तयारीमा रहेका छन् । जसमा अहिलेसम्म ६२ जनाले आवेदन पेस गरेका छन् । तीमध्ये १६ जनाको  इजरायल जाने अन्तिम तयारीमा रहेको केयर गिभर टे«निङ् सेन्टरका निर्देशक नरेन्द्र दंगालले बताए । उनका अनुसार इजरायल जादा जेष्ठ नागरिकहरुको हेरचाह गर्न जानेले आकर्षक तलब पाउने भएकाले गर्दा पनि ‘केयर टे«निङ्’ तालिम लिनेको जमघट हुने गरेको हो । इजरायलबाहेक केही यूके समेत गएका छन् । यूके जानैकै लागि इटहरीकै संञ्जिता घिमिरेले पनि छोटो अवधिको केयर केयर टे«निङ् लिइ सकेकी छन्  ।

WhatsApp Image 2025-07-25 at 14.44.49_eec285c6

उनी भन्छिन्, ‘मेरो त श्रीमान युकै भएतापनि त्यहाँ गएर बढी पैसा कमाउने भएकाले गर्दा जेष्ठ नागरिक हेरचाह तालिम लिएको हो,’ उनले भनिन् ।  यतिबेला इटहरीमा ‘केयर टे«निङ्’ सेन्टर तीनवटा छन् । यदपी, सिटिभइभिटीबाट मान्यताप्राप्त एउटा मात्र छ, जुन यलम्बर केयर गिभर टे«निङ् मात्रै हो । ‘पूर्वको इटहरीमा हाम्रो केयर टे«निङ्मा व्यवस्थित ल्याब भएकाले गर्दा पनि विद्यार्थीको चाप रहेको छ,’ निर्देशक दंगालले भने, ‘पछिल्लो समय विदेशमा मात्र नभएर स्वदेशमै पनि जेष्ठ नागरिक र बालबालिका हेर्नका लागि हेरालुको माग बढ्दो छ ।’विशेषगरी कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई हेरचाह गर्न ‘केयर टे«निङ्’ मा सिक्न आउने गरेका छन् । ‘जो जो विदेश जान्छन, त्यहाँ उनीहरुको कमाई राम्रो हुने नै छ,’ उनले भने, ‘अब त नेपालमा पनि जष्ठ नागरिक र बालबालिका हेरचाह गर्नेको माग ज्यादै आउने गरेको  छ।’  जेष्ठ नागरिक र बालबालिकासँगै असक्त, अपाङ् भएका व्यक्तिलाई हेरचाह गर्ने  भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको कारण ‘केयर टे«निङ्’ सेन्टर खोजी गरि सिप सिक्ने संस्कार पुरै बढेको इजरायल लामो समय बसेर फर्किएपछि केयर टे«निङ्मा प्रशिक्षकको काम गर्दै आएकी कमला निरौलाले बताइन् ।  ‘केयर टे«निङ्’ मार्फत तालिम लिएर विशेषगरी विदेश जादा इजरायल, यूके र यूरोपियन मुलुक जाने क्रम बढेको छ ।