इटहरी | नेपालीहरूको महान पर्व दशैं–तिहारलाई लक्षित गर्दै इटहरीलाई हराभरा, आकर्षक र फूलमय बनाउने उद्देश्यले वुल्स एलेभेन क्लव द्वारा सयपत्री फूलको बिरुवा रोप्ने अभियान सुरू गरिएको छ।

इटहरी–तरहरा सडकखण्डको डिभाइडर क्षेत्रमा सञ्चालन गरिएको उक्त अभियानमार्फत सहरका नागरिकलाई पर्वमा चाहिने फूल सहज रूपमा उपलब्ध गराउनुका साथै इटहरीलाई सौन्दर्यकरण गर्नु अभियानको मुख्य उद्देश्य हो।

दशैं–तिहारजस्ता सांस्कृतिक पर्वमा सयपत्री फूलको माग अत्यधिक हुने हुँदा समयमै फूल उत्पादन हुने वातावरण बनाउने हाम्रो प्रयास गरेको क्लबका उपाध्यक्ष रामु राईले बताउनुभयो।

अभियान अन्तर्गत इटहरीको मुख्य सडकखण्डमा सयपत्री फूलका बिरुवाहरू रोपिँदै छन्। यसले सहरको हरियाली बढाउनुका साथै सवारी आवागमन गर्ने यात्रुका लागि दृश्यात्मक रुपमा रमणीय वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ।

यसअघि, सोही क्षेत्रमा डिभाइडरमा बाक्लो घाँस उम्रिएर सवारीसाधन र पैदल यात्रुहरूलाई आवतजावतमा असहजता र जोखिम बढेको स्थानीयको गुनासोका आधारमा क्लबले नियमित रूपमा घाँस काट्ने अभियान सञ्चालन गर्दै आएको थियो। यसले सम्भावित दुर्घटना तथा धनजनको क्षति न्यूनीकरण गर्न सहयोग पुगेको जनाइएको छ।

सयपत्री रोपण अभियानमा शान ए.बि. मेनपावर, स्थानीय संघसंस्था, सामाजिक अभियन्ता तथा व्यवसायीहरूको समेत सक्रिय सहभागिता रहेको छ।1753609151804

सामाजिक सेवा र नगर सुधारमा क्रियाशील रहेको Bull’s 11 Club विगतदेखि नै वृक्षारोपण, सरसफाइ, ट्राफिक सचेतना, रक्तदान कार्यक्रम जस्ता कार्यहरू गर्दै आएको क्लबले जनाएको छ।1753609169050