इटहरी । ताप्लेजुङमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्षमा विभिन्न सवारी साधन कारबाहीमा परेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका गएको आर्थिक वर्ष २०८१र८२ मा कुल एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका छन्। गएको आवमा सबैभन्दा बढी ४८२ वटा मोटरसाइकल कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक ९असई० सुमन अधिकारीले जानकारी दिनुभयो। प्रसनि अधिकारीका अनुसार मोटरसाइकलपछि ३७५ वटा कार, भ्यान र जिप कारबाहीमा परेका छन्। यस्तै ट्रयाक्टर १०७ वटा, टिप्पर ३० वटा, बस दुई, तीन पाङ्ग्रे अटो ५० र अन्य ११ वटा विभिन्न सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक नियम उल्लङ्घन गरेका कारण उक्त सङ्ख्यामा सवारी साधनहरु कारबाहीमा परेका प्रसनि अधिकारीले जानकारी दिनुभयो। अघिल्लो आव २०८०र८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३०० वटा विभिन्न सवारी साधन कारबाहीमा परेका थिए। यता गएको आवमा सवारी साधनको कारबाहीबाट ट्राफिक प्रहरीले आठ लाख ३१ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको छ।


