इटहरी । बराहक्षेत्र नगरपालिका ५ मा रहेको श्री जगन्नाथ डेडराज जनता माध्यमिक विधालायको माईनुट च्यात्तिएको विषय पेचिलो बन्दै गएको छ । गत असार २५ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्तक पराजुलिले दस्तखत गर्दा च्यातिए पछि, पराजुली र प्रधानाध्यापक योगराज पौडेलबीच विवाद भएको थियो । विवाद थप चुलिदै गएको छ । विवादबारे प्रधानाध्यापक योगराज पौडेलले पत्रकार सम्मेलन गर्दै अध्यक्ष पराजुलीले माईनुट च्यात्तिएको प्रत्यक्षदर्शी तथा प्रहरीसामु वयान दिएता पनि अहिले राजनीतिक दलको आडमा गल्तिलाई ढाकछोप गर्न समाजिक संजालमा वयान परिवर्तन गरेको आरोप लगाउनुभएको छ । प्रधानाध्यापक पौडेल आफूमाथी अध्यक्षले भस्टाचार गरेको आरोप लगाएको सुनेको भन्दै प्रमाण ल्याउन चुनौती दिनुभएको छ । इजत प्रतिस्ठा गुमाउने आफ्नो कुनै कूबिचार नहरेको भन्दै प्रमाण जुटे पदबाट राजीनामा दिन आफू तयार रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुली कलिलो उमेरको भएकाले गल्तीलाई प्रयासचित गरेर अगाडि बड्नुको सट्टा राजनीतिकर्मीको पछाडी आफ्नो भविष्य अन्धकारमा धकल्न पुगेको बताउनुभयो । आफूले जिवनको ३१ वर्ष सेवा गरेकाले विद्यालयको अहित गर्ने काम नगर्ने उहाँको तर्क छ ।


