इटहरी । “ कहिले दुखायौ छाती“ बोलको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार पथरी शनिश्चरे–०२ बुद्ध चोकमा रहेको हाम्रो पथरी डान्स एकेडेमीको हलमा एक प्रेस मिट आयोजना गर्दै सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त भिडियोलाई नृत्य निर्देशक समेत रहनुभएका राम विककै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयाल र कोषाध्यक्ष अर्जुन सेन्चुरी, पथरी उद्योग वाणिज्य संघकी प्रतिनिधि संझना तामाङ , वरिष्ठ अभिनेता जीवन बराल समेतको उपस्थितिमा पथरी शनिश्चरे ४ निवासी नृत्य निर्देशक समेत रहनुभएका राम विकले निर्देशन गर्नु भएको छ । पथरी शनिश्चरे वडा नं ०६ घर भएकी रेडस्टार माविकी विद्यार्थी मोडल निर्मला खड्का र लेटाङ निवासी मोडल रोहित गजमेरले अभिनय गर्नुभएकोे हो । पथरी शनिश्चरे नगरपालिका–४ निवासी युवा गायक समीर विकको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । विकले विसं २०६८ मा इमेल म्युजिक अवार्ड प्राप्त गर्नुभएको थियो । उक्त भिडियोमा विकेस सावदेनको संगीत रहेको छ भने एरेन्ज चाँद सिंहले गर्नुभएको हो । म्युजिक भिडियो ‘हाम्रो पथरी डान्स एकेडेमी’को पोस्ट प्रोडक्सनमा निर्माण गरिएको हो । सामान्य बजेटमा निर्माण गरिएको यस भिडियोको छायांकन लेटाङ नगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरूमा गरिएको छ ।


