इटहरी । मोरङको पथरी शनिश्चरे–०७ मा रहेको शिव पञ्चायन मन्दिरको संघीय सांसद डा। सुनिल कुमार शर्माले उद्घाटन गर्नु भएको छ । शुक्रबार एक समारोहवीच डा। शर्माले  प्रदेश सरकारबाट प्राप्त बजेटले बनाईएको सो मन्दिरको गेटमा रिबन काटेर  उद्घाटन गर्नु भएको हो। मन्दिर उद्घाटन पछि संक्षिप्त सम्बोधन गर्दै शर्माले नेपाली जनताको पक्षमा सदैब बोलिरहेको बताउनु भयो । उहाँले जनताले जे अपेक्षा राखेर मतदान गर्नुभएको थियो ,  सोही अनुसार नै काम गरिरहेको उल्लेख गर्नु  भयो । उहाँले आफू मोरङ्गको क्षेत्र न। ३ को निर्वाचित जनप्रतिनिधि भएको नाताले  आफूले पथरी, बुद्धचौक, लामाटोली, किराती चौक हुँदै बराल टोलसम्मको सडक र पथरी खानेपानी संस्थानका लागि सबैभन्दा बढी  बजेट विनियोजन गराउन सफल भएको बताउनु भयो । स्थानिय महिलाले डा। शर्मालाई फुलमाला लगाएर  स्वागत गर्दै स्थानिय समाजका अगुवा ब्याक्तिहरुले मन्दिर निर्माणको काम अझ अधुरो  रहेको   भन्दै  आउने वर्षको बजेटमा समेटिदिन  समेत अनुरोध गर्नु भएको थियो। शिव पंचायन मन्दिरमा आयोजित कार्यक्रममा प्रदेश सांसद मान बहादुर लिम्बु, पथरी शनिश्चरे ४ का अध्यक्ष लोककिरण न्यौपाने, वडा न। ७ का अध्यक्ष उद्धवराज बस्नेत, वडा न। २ का सदस्य चन्द्र कुमार राईको उपस्थिती रहेको थियो  ।