धरान, श्रावण १७ – लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ कोशी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठक आज धरानमा सम्पन्न भएको छ। बैठक महासङ्घका प्रदेश अध्यक्ष हरिथलङ राईको अध्यक्षतामा र प्रमुख अतिथि कोशी प्रदेश एमाले अध्यक्ष घनश्याम खतिवडाको उपस्थितिमा सम्पन्न भयो।

उक्त बैठकमा कोशी प्रदेशका १४ वटै जिल्ला र घटक संगठनहरूको प्रतिवेदन प्रस्तुत गरिनुका साथै समसामयिक राजनीतिक तथा संगठनात्मक विषयहरूमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा महासङ्घका केन्द्रीय महासचिव देवराज राईसहित अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो। बैठकले संगठन सुदृढीकरण, आदिवासी जनजातिहरूको अधिकार संरक्षण तथा समावेशीताका सवालमा संयुक्त रणनीति तय गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू लिएको बताइएको छ।

बैठक सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आयोजकले आगामी दिनमा महासङ्घलाई थप सशक्त र जनस्तरमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् l