इटहरी | शारीरिक रूपमा अशक्त रहेका इटहरी वडा नम्बर १७ निवासी राम कुमार मगर, उनका दुई सन्तान र श्रीमान्‌लाई श्रीमतीले परित्याग गरेपछि अत्यन्तै कठिन परिस्थितिमा जीवनयापन गर्दै आएका मगर परिवारलाई स्थानीय नेत्री बेदमाया सिग्देलको पहलमा समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता सिजन गुरुङले जीवन उपयोगी खाद्यान्न सामग्री आजीवन उपलब्ध गराउनु भएको छ ।

जीवनका न्यूनतम आवश्यकताबाट समेत वञ्चित भई गुजारा गर्न मुस्किलमा परेका मगर परिवारको दुःखद अवस्थाले भावुक बनाएका गुरुङले मानवताको भावना उजागर गर्न सहयोग गरिएको 

सिजन गुरूङले बताउनुभयो । गुरुङको यो मनकारी कदमप्रति स्थानियवासी, सामाजिक अभियन्ता तथा पीडित परिवार सबैले गहिरो आभार प्रकट गरेका छन्।

सहयोगका लागि पहल कदमी लिने नेत्री बेदमाया सिग्देल र सहयोगी मन भएका सिजन गुरुङजस्ता व्यक्तिहरूको समाजसेवाले अन्यलाई पनि पीडित, असहाय र अपाङ्ग परिवारप्रति सहयोगी बन्न प्रेरणा मिल्ने विश्वास लिइएको छ । गुरूङ नेपाल तरुण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस प्रदेश सभा सदस्य भएर सामाजिक कार्य सँगसँगै राजनीतमा सक्रिय छन् ।

1754212115903