इटहरी | इटहरी–तरहरा सडकखण्डको डिभाइडरमा वुल्स एलेभेन क्लवले इटहरी चोक आसपासमा ७ सय सयपत्री फूलको बिरुवा वृक्षारोपण गरेको छ ।
नेपालीहरूको महान पर्व दशैं–तिहारलाई लक्षित गर्दै इटहरीलाई हराभरा, आकर्षक र फूलमय बनाउने उद्देश्यले वुल्स एलेभेन क्लव द्वारा इटहरी चोक आसपास बाट सडकखण्डको डिभाइडर क्षेत्रमा सञ्चालन गरिएको उक्त अभियानमार्फत सहरका नागरिकलाई पर्वमा चाहिने फूल सहज रूपमा उपलब्ध गराउनुका साथै इटहरीलाई सौन्दर्यकरण गर्नु अभियानको मुख्य उद्देश्यले गरेको हो ।
सयपत्री फूलको बिरुवा वृक्षारोपणमा डोटी ओभरसिज , मुनाल मेटीकल ,नेपाल लाईफ मेनपावर, शान ए बि मेनपावर , डम्बरु ओभरसिजले सहयोग गरेका थिए ।
वृक्षारोपणमा डिभाइडरमा सरसफाई समेत गरिएको थियो। सहभागीहरूले झारपात हटाउने, मलखाद हाल्ने, गमलामा बिरुवा राख्ने लगायतका कार्यमा हातेमालो गरेका थिए।
दशैं–तिहारजस्ता सांस्कृतिक पर्वमा सयपत्री फूलको माग अत्यधिक हुने हुँदा समयमै फूल उत्पादन हुने वातावरण बनाउने हाम्रो प्रयास गरेको क्लबका उपाध्यक्ष रामु राईले बताउनुभयो।
यसले सहरको हरियाली बढाउनुका साथै सवारी आवागमन गर्ने यात्रुका लागि दृश्यात्मक रुपमा रमणीय वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ ।
वुल्स एलेभेन क्लवले इटहरी क्षेत्रमा सरसफाई , वृक्षारोपण लगायका विभिन्न सामाजिक कार्यमा महत्पुर्ण योगदान पुर्याउदै आएको छ ।


