इटहरी | इटहरीमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय अटो ब्रान्ड BYD (वि वाइ डि) ले नयाँ प्रीमियम इलेक्ट्रिक SUV–Coupe ‘BYD Sealion 7’ नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त र आकर्षक डिजाइनमा निर्माण गरिएको सो कार अब इटहरीस्थित BYD शो–रूममा बिक्रीका लागि उपलब्ध भएको छ।

BYD Sealion 7 कम्पनीको नयाँ उत्पादनमध्ये एक हो, जुन उन्नत डिजाइन, उच्च प्रविधि, बलियो प्रदर्शन, दीर्घ दूरीको यात्रा क्षमता र भरपर्दो सुरक्षा प्रणालीले सुसज्जित छ। यो BYD ब्रान्ड अन्तर्गत नेपालमा उपलब्ध हुने पहिलो SUV मध्ये एक हो।

गाडी सार्वजनिक कार्यक्रममा ओमेगा मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक रोशन कपुरीले गाडी “Sealion 7 नेपाली ग्राहकका लागि विश्वस्त, टिकाउ र प्रविधि–मैत्री इलेक्ट्रिक सवारीको उत्कृष्ट विकल्प रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले BYD कम्पनीले नेपाली बजारमा ग्राहकहरूको मन जित्न सफल भएको भन्दै यसको लोकप्रियता अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, BYD इटहरीका म्यानेजर सुजन शर्माले गाडीको मूल्य गुणस्तरअनुसार उचित रहेको र सेवा सुविधामार्फत ग्राहकको विश्वास जित्ने प्रयास जारी रहेको जानकारी दिनुभयो। BYD कम्पनीले जलवायु संरक्षण र दिगो यातायातको अवधारणालाई आत्मसात गर्दै कम इन्धन खपत गर्ने, न्यून कार्बन उत्सर्जन हुने र वातावरणमैत्री प्रविधियुक्त सवारी उत्पादनमा विशेष ध्यान दिँदै आएको छ।