पथरी | मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा अवस्थित श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गर्दै नगर क्षेत्रमा सर्वोत्कृष्ट विद्यालयको रूपमा आफुलाई पुनः स्थापित गरेको छ।
सोमबार साँझ सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डद्वारा वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजामा सो विद्यालयका दुई जना विद्यार्थी — चन्दन शाह र प्रबिन कट्टेल — ले समान ३.९६ जीपीए हासिल गरेका छन्।
यस्तै, मनिषा पोखरेल र प्रमिश रिजालले ३.९२ जीपीए प्राप्त गरेका छन् भने प्रकाश राजभण्डारीले ३.८२ जीपीए ल्याएका छन्।
विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाका अनुसार व्यवस्थापन समूहसहित अन्य शैक्षिक समूहमा समेत उत्कृष्ट नतिजा ल्याउन विद्यालय सफल भएको छ।
उनले विगत ७ वर्षदेखि रेडस्टार मा.वि.ले पूर्वी मोरङमै लगातार सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएको जानकारी गराउँदै यस वर्षको सफलतालाई पनि त्यसैको निरन्तरता बताएका छन्।


