सुनसरी | बराहक्षेत्र नगरपालिका वडा नं. ८ को सभाहलमा गरिबी निवारण, लघु उद्यम विकास तथा सिप वृद्धि लक्षित "प्रविधि हस्तान्तरण कार्यक्रम" मेडपा (MEDPA) को आयोजनामा सम्पन्न भएको छ। यस अवसरमा वडा अध्यक्ष रोशन खड्का ले गरिबी न्यूनीकरणका लागि वडाले निरन्तर सिप विकास तालिमहरू प्रदान गर्दै आएको बताए।  

उनले भने, "वडाभित्र गरिबी निवारण गर्न बजेट र सेवा सुविधा अहिले अपर्याप्त छन्। तर, हामीले प्रत्येक वर्ष विभिन्न सिपमूलक तालिमहरू दिएर वडावासीलाई रोजगारीमा सक्षम बनाउने प्रयास गरिरहेका छौं। आगामी दिनहरूमा पनि वडाको क्षमताअनुसार जनताको सेवा निरन्तरता कायम राख्ने छौं।"  

कार्यक्रममा वडा सदस्य देवनारायण मोची सहित स्थानीय नागरिकहरू उपस्थित थिए। यो कार्यक्रमले वडाभित्र आर्थिक रोजगारी सृजना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।