इटहरी । इटहरीस्थित बिपि चोक क्षेत्रमा सडकमा भएको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएपछी स्थानिय पुर्ण गौतमले निजि खर्चमा सडक मर्मत गर्नुभएको छ  । इटहरी ६ का स्थानिय वासिन्दा गौतमले जनप्रतिनिधीको बाटो हेर्नुभन्दा आफ्नो ठाउको काम आफै गर्नुपर्छ भनेर निजि खर्चमा गिट्टि झारेर खाल्डो पुर्नुभएको छ  ।  बिपी चोक क्षेत्र भएर दैनिक सयौं साना–ठूला सवारीसाधन आवतजावत गर्दै गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै उहाँ आफै कुटी लिएर खाल्डो पुर्न लाग्नुभएको हो । बर्षामा हिलाम्मे हुने गरेको इटहरीमा बेला बेला सडककै जरजर अवस्थाका कारण सवारी आवागमनमा समस्या हुदै आएको छ । सडकको यो अवस्थालाई मध्यनजर गर्दै स्थानीय पूर्ण गौतमले जनप्रतिनिधिको ध्यानाकर्षण गराउने प्रयासमा आफूले व्यक्तिगत खर्चमा मर्मत सामाग्री मगाइ अस्थायी मर्मत गर्नुभएको हो । स्थानीयवासीहरूले सरकार र सरोकारवाला निकायलाई यो सडकको स्थायी सुधारका लागि माग गरेका छन् ।