इटहरी । नेकपा (एमाले) मिक्लाजुङ गाउँ कमिटीद्वारा आयोजित संगठन सुदृढीकरण तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका सबै ९ वडाका शाखा कमिटी पदाधिकारीहरूको सहभागिता रहेको कार्यक्रममा संगठनात्मक प्रशिक्षण, वैचारिक सुदृढीकरण र नेतृत्व विकास सम्बन्धी विषयमा छलफल भएको हो । कोशी प्रदेश कमिटी सदस्य रामकृष्ण राई, मोरङ जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, सचिव सोमराज थापा, उपसचिव सन्तोष बान्तवा, बुद्धिजीवी केन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा, शिक्षा विभाग संयोजक दिव्य कट्टेल लगायतले प्रशिक्षण तथा निर्देशन दिनुभएको थियो । कार्यक्रम गाउँ कमिटी अध्यक्ष नवीन कार्कीको अध्यक्षता र सचिव चन्द्र लिम्बूको सञ्चालनमा सम्पन्न भएको हो। आयोजकले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर गर्ने जनाएको छ ।


